• ८ असोज २०८३, बिहीबार
  • १ः१८ राती

आँबुखैरेनीको आठौ गाउँसभा : संशोधित बजेट पारित

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०१:१५

दमौली: जिल्लाको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-७८ का लागि संशोधित कार्यक्रम तथा बजेट पारित गरेको छ । सोमबार सम्पन्न आठौँ गाउँसभाले चालु आवका लागि रु ५८ करोड पाँच लाख बराबरको संशोधित बजेट पारित गरेको हो ।

National Life

चालु आवमा सञ्चालन हुन नसकेका योजनाको बजेट कटौती गरिएको छ । गाउँसभाले दृश्यावलोकन स्तम्भका लागि विनियोजित रु १० लाख, राहतका लागि रोजगार कार्यक्रमका लागि विनियोजित रु २० लाख बजेट खर्चबाट कटौती गरी आम्दानीमा समावेश गरेको छ । त्यस्तै ढुङ्गा गिट्टीबाट रु एक करोड आम्दानी हुने अनुमान गरिएकामा उक्त आम्दानी रु एक करोड ५५ लाख हुने प्रक्षेपण गरिएको छ । गाउँसभाले जिल्ला कारागार कार्यालयमा कैदीबन्दीका लागि खाट व्यवस्थापनका लागि रु एक लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जनप्रतिनिधिको कार्यकाल अन्तिम चरणमा आइसक्दा पनि आवधिक योजना निर्माण हुन नसकेकाले आवधिक योजना निर्माण गर्न लागिएको जानकारी दिए । उनले गाउँपालिकामा बेरुजु समस्या देखिएकाले आफूहरूको कार्यकालमा बेरुजु शून्य बनाउने लक्ष्य राखिएको सो अवसरमा बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

गाउँसभाबाट ५० प्रतिशत अनुदानमा सञ्चालन हुने पशु सेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ र पशुपक्षी पकेट क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम सञ्चालन निर्देशिका २०७७ छलफलसहित पारित गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । साथै आवधिक योजना निर्माण गर्ने, एक वडा : एक पोखरी र एक चौतारी निर्माण गरी पर्यावरण प्रवद्र्धन गर्ने, बजार क्षेत्रमा हरित बेल्ट निर्माण गर्ने, क्रमागत योजनाका रूपमा सञ्चालन हुने गरी बहुउद्देश्यीय भवन निर्माण प्रारम्भ गर्ने, प्राप्त स्रोतका आधारमा प्राथमिकता प्राप्त योजना छनोट गरी कार्यान्वयन गर्ने निर्णय गाउँसभाले गरेको छ ।-रासस

प्रतिकृया