• १२:०५ २०८० चैत्र १६ गते
  • 12:05 pm

मौनी राय चाँडै नै विवाह गर्ने योजनामा

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ११:३२

Mouni Roy Net Worth Age Height Weight Family Boyfriends Bio Wiki

एजेन्सी, २०२१ को सुरुवात बलिउडको लागि राम्रो भएको छ । कोही कलाकारको घरमा नयाँ सदस्य थपिएका छन् भने कोहीले विवाहको तयारी गरिरहेका छन् । अभिनेता वरुण धवन र नताशा दलालले विवाह गर्ने खबर बाहिर आएको छ ।

ताजा खबर अनुसार अभिनेत्री मौनी रायपनि विवाह गर्ने तयारीमा छिन् । मौनीले दुबईका बैंकर सुरज नाम्बिआरसँग विवाह गर्ने समाचार एजेन्सीले जनाएका छन् । उनीहरु हाल प्रेम सम्बन्धमा छन् । एक रिपोर्ट अनुसार उनीहरु चाँडै नै विवाह गर्ने योजना बनाएका छन् ।

मौनीले सुरजसँगको प्रेम सम्बन्धको बारेमा इन्स्टाग्रामबाट अफिशियल गरिदिएकी हुन् । उनले सुरज र उनका परिवारको साथमा सामाजिक सञ्जालमा फोटो पनि शेयर गरेकी थिइन् ।

मौनी सुरजसँग भन्दा पहिला गौरव चोपडा र मोहित रैनासँग प्रेम सम्बन्धमा थिइन् । उनी चाडैनै फिल्म ब्रम्हास्त्रमा देखिनेछिन् । फिल्ममा रणबीर कपुर, आलिया भट्ट र अमिताभ बच्चन पनि देखिनेछन् ।

 

प्रतिकृया