मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ले क्यान्सरपीडित विद्यार्थीलाई पढाउने
प्रकाशित मिति
२०७७ माघ ४ गते, आईतवार ०५:३३

काठमाडौंः मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ले प्रत्येक वर्ष १५ जना क्यान्सरपीडित विद्यार्थीलाई पढाउने भएको छ ।
फन्डबाट ‘क्यास’ तथा ‘नन–क्यास’ शीर्षकमा स्कुलदेखि मास्टर्स लेभलसम्मका विद्यार्थीलाई छात्रावृत्ति दिइन लागिएको हो ।
‘परिवारमा कोही क्यान्सरपीडित भएका अथवा विद्यार्थी नै क्यान्सरपीडित भएमा छात्रवृत्ति दिइने र क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले ग्लोबल कलेजले फाउन्डिङ गरेको बताइएको छ ।
‘क्यास’ शीर्षकअन्तर्गत विद्यार्थीले जुनसुकै कलेजमा पढ्न पाउनेछन् भने ‘नन–क्यास’अन्तर्गत ग्लोबल कलेजमै पढ्नुपर्ने हुन्छ ।
फन्डले यो सिजनमा ब्याचलर र मास्टर्स लेभलको छात्रवृत्तिका लागि आवेदन खुलाएको छ । ब्याचलर र मास्टर्स लेभलमा पाँच जना विद्यार्थीले छात्रावृत्ति पाउनेछन् ।
‘नयाँ शैक्षिकसत्र सुरू भएपछि भर्ना गर्ने समयमा विद्यालय, प्लस टु, ए–लेभलमा पनि छात्रवृत्तिका लागि आवेदन खुलाउने संस्थाले जनाएको छ ।
प्रतिकृया