• 6:04 pm

हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०७:३७

58 e1610848362952

हेटौंडा- हेटौंडा भेट्रान्स कप एट ए साइड फुलबल प्रतियोगिता निर्धारीत मिति भन्दा एक दिन अगाडी नै सुरु हुने भएको छ । आगामी माघ ६ गतेदेखी हुने भनिएको प्रतियोगिता एक दिन अगाबै सुरु हुने आयोजकले जनाएको छ ।

हेटौंडाको हुप्राचौरमा आयोजना गरिने हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगिताको छैंटौ संस्करण माघ ५ गतेदेखि सुरु हुने भएको हो ।

प्रतियोगितामा सहभागी हुने टिमको संख्या धेरै भएपछि प्रतियोगिता एकदिन अगाबै सुरु गर्न लागिएको कार्यक्रम संयोजक कविन सांगामीले जानकारी दिए ।

उनका अनुसार, यसबर्ष प्रतियोगीतामा २० टिमले सहभागीता जनाउने छन् । छैटौ संस्करणको प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ रुपैया नगद सहित मेडल, प्रमाण पत्र र शिल्ड प्राप्त गर्ने क्लबका उपाध्यक्ष नवराज बज्रचार्यले जानकारी दिए ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडीले १० हजार नगद पुरसकार पाउँने छन् भने सर्वश्रेष्ठ मिडफिल्डर, फरवार्ड, डिफेन्स, गोलकिपर र टिम प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्ष पाचौं राष्ट्रिय भेन्ट्रान्स कपको विजेता बगरभाइ खलक पोखरा बनेको थियो ।

प्रतिकृया