• २४ भदौ २०८३, बुधबार
  • ४ः३९ बेलुका

  नबिल बैंकको ३६औं वार्षिक साधारण सभाद्वारा ३५.२६% लाभांश दिने प्रस्ताव पारित

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०१:२३

काठमाण्डौँ, बुधाबार नबिल बैंकको ३६औं र्र्वािर्षक साधारण सभा सम्पन्न भएको छ ।

National Life

सञ्चालक समितिका अध्यक्ष उपेन्द« प्रसाद पौड््यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बैंकको संचालक समितिले सिफारिस गरेको बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेश गरे अनुसार आर्थिक २०७६र७७ को मुनाफाबाट ३५.२६ %लाभांश दिने प्रस्ताव पारित भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत तीन दशक भन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित हुनु भएकोछ ।
आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको जनाएको छ ।

बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७अर्ब पु¥याएको छ ।समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

उक्त कार्यक्रममा अध्यक्ष पौड््यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल हुदा हामी गौरवान्वित भएका छौं  ।

प्रतिकृया