• १३ असोज २०८३, मंगलबार
  • ६ः४० बेलुका

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०६:४४

काठमाडौं, माघ १। कोरोना भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो ।

National Life

प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नियन्त्रक कार्यालयको आँकडामा देखिन्छ । अहिले उक्त कोषमा जम्मा भएको रकममध्ये २ अर्ब ४४ करोड खर्च भइसकेको छ ।

यो कोष मुख्यतः कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन सार्वजनिक रूपमै रकम जम्मा गर्नका लागि स्वदेशी संघसंस्था तथा दातृ निकायहरूलाई आह्वान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति दिएको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिकृया