• ११ असोज २०८३, आइतबार
  • १ः५० राती

सिद्धार्थ बैंकको ‘स्मार्ट टेलर’ सेवा सञ्चालनमा

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०४:१८

काठमाडौं- ग्राहकरुलाई डिजिटल प्रविधिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले नयाँ सेवा ‘स्मार्ट टेलर’ सञ्चालनमा ल्याएको छ ।

National Life

यस सुविधा सञ्चालन पश्चात् ग्राहकहरुले चेक वा एटिएम कार्ड साथमा नभए पनि क्यूआर कोड स्क्यान गरी आफ्नो बंैक खाताबाट सहजै रकम झिक्नरनिकाल्न सक्ने र जसले गर्दा ग्राहकहरुको समयको बचत हुने साथै र बंकिङ्ग सेवा अझ बढि सुविधाजनक हुने बैंकले जनाएको छ ।

ग्राहकहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप ९सिद्धार्थ बैंकस्माट० बाट बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी दैनिक एक लाखसम्म र मासिक दश लाखसम्मको रकम निकाल्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले, कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने सुविधा जस्ता विभिन्न डिजिटल बेंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै आगामी दिनहरुमा पनि बंैकिङ्ग सेवाहरुलाई अझ बढि आधुनिकिकरण गर्दै जाने उद्देश्य बंैकले लिएको बैंकले जनाएको छ ।

प्रतिकृया