• १२ असोज २०८३, सोमबार
  • १२ः१९ राती

पूर्व प्रधानन्याधीश ज्यूहरु, प्रचण्डको पार्टीबाट चुनाव लड्नुस्ः नेता बास्कोटा

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०४:०८

काभ्रेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले संसद् विघटनकामा विरुद्धमा विज्ञप्ति जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–नेपाल नेतृत्वको पार्टीको सदस्यता लिएर चुनाव लड्न आउन चुनौति दिएका छन्।

National Life

काभ्रे जिल्ला कमिटी आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई शनिवार बनेपामा सम्बोधनका क्रममा नेता बास्कोटाले यस्तो बताएका हुन् ।

अदालतामा विचाराधीनमा मुद्दामा पूर्व प्रधानन्यायाधीशहरुले सडकबाट फैसला सुनाएकोमा आक्रोश व्यक्त गर्दै बास्कोटठाले भने, ‘केही भूतपूर्वहरुको एउटा वक्तव्य आएको छ, यो यो हुनुपर्ने श्रीमानहरु त्यो वक्तव्य जारी गर्नुभन्दा माधव–प्रचण्डले नेतृत्व गरेको टुटफुटकारी, राष्ट्रविराधी, विकासविरोधी, न्यायविरोधी, स्थिरताविरोधी पार्टीको सदस्य बनेर चुनाप लड्न आउनुहोस्, त्यस्तो वक्तव्य जारी नगर्नुहोस्,’ उनले भने,‘हिजो न्यायालयमा विचाराधीन मुद्दामाथि बोल्न पाइदैन भन्ने तपाईंहरु आज राजनीति गर्नुहुन्छरु आउनुहोस् न राजनीति गर्ने भए, स्वतन्त्रता छ चुनावमा जाने, भूतपूर्वहरुले होइन फैसला गर्ने वर्तमानले गर्ने हो।’

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया