• ७ असोज २०८३, बुधबार
  • ६ः०१ बेलुका

गरिबका नाममा फर्म खोलेर राजस्व छल्ने २८ विरुद्ध मुद्दा

प्रकाशित मिति

२०७७ पुष १९ गते, आईतवार १२:००

काठमाडौं, पुस १९ । राजस्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली बिजक जारी गरी राजस्व ठगेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

National Life

विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा बिजक जारी गरेको आरोपमा काठमाडौं सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो।

प्रसादको कम्पनी मोहन ट्रेड इन्टरनेसनलसहित अन्य २६ व्यावसायिक फर्मले एकआपसमा मिलेर आर्थिक अवस्था कमजोर भएका मजदुरलगायतको नाममा फर्म दर्ता गरी कारोबार गरेको र गलत प्रयोजनका लागि बैंक खातासमेत खोलेको पाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आर्थिक वर्ष ०७१/७२ देखि ०७४/७५ सम्म उनीहरूले नक्कली बिक्री बिल जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ। विभागका अनुसार भ्याटतर्फ ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजस्व छलेको पाइएको छ।रासस

प्रतिकृया