• ९ असोज २०८३, शुक्रबार
  • १ः५८ राती

पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो

प्रकाशित मिति

२०७७ पुष १६ गते, बिहीबार ०८:४१

काठमाडौं, पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।

National Life

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै, तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनसमेत महाशाखाको अनुरोध छ।

साथै तराईका अधिकांश भू(भागहरूमा तथा पहाडका केही भू(भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेसमेत महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया