• ८ असोज २०८३, बिहीबार
  • ७ः२० बेलुका

मोटरसाईकल चोरी गर्ने दुईजना पक्राउ

प्रकाशित मिति

२०७७ पुष १० गते, शुक्रबार १२:००

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।

National Life

जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सीसी मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

काठमाडौं कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया