ट्युमरकोरुप लिइसकेकालाई फालेर हामी झनै उर्जाका साथ अगाडी बढ्छौँ- बस्नेत
प्रकाशित मिति
२०७७ पुष ८ गते, बुधबार ०७:२५
भक्तपुर- जनकपुरमा आयोजित ‘पार्टी एकताका लागि युवा अभियान’नाम दिएर प्रदेश २ को आयोजनामा अन्त्रक्रिया र युवा भेला कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्वमन्त्री महेश बस्नेतले एक समय मधेशलाई ओली विरोधीको रुपमा लिए पनि अहिले मधेशलाई ओलीजस्तो नेताको आवश्यकता रहेको बताएका छन् । जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीको वकालत तथा पूर्वमाओवादीतर्फ ईंगित गर्दै उनले भने, ‘हाम्रो लागि गलगाडो, पिलो र ट्युमर भइसकेका नेताहरुको आवश्यकता छैन । त्यस्ता नेताहरुलाई मिल्काउनुपर्ने थियो ।’
बस्नेतले केपी शर्मा ओलीले गरेको योगदान प्रचण्डले बिर्सेको आरोप समेत लगाए । बन्दुकको बलमा सत्तामा पुग्ने ध्येयका साथ आएका माओवादी मरणासन्न भएको अवस्थामा केपी शर्मा ओलीले नै आइसीयूमा राखेर फेरि जीवित बनाएको दाबी गर्दै बस्नेतले त्यो अहिले आएर आफ्नो लागि भूल भएको जिकिर गरे । उनले भने, ‘ती साथीहरु पार्टीमा रहे पनि नरहे हामीलाई कुनै फरक पर्दैन ।’ उनले भने, ‘पूर्वमाओवादीका साथीहरु अहिले हाम्रो लागि गलगाडो भए ।
ट्युमरकोरुप लिइसकेकालाई फालेर हामी झनै उर्जाका साथ अगाडी बढ्ने छौँ । ट्युमर फाल्दैमा शरीरको तौल घट्दैन बरु झनै फाइदा हुनेछ । आइसीयूमा राखेर जुन साथीहरुलाई कमरेड ओलीले बचाएका थिए, उनै साथीहरु अहिले पार्टीविरुद्ध षड्यन्त्रमा लागे । अब नेकपा उनीहरुलाई पन्छाएर झनै उर्जावान भएर अगाडी बढ्छ । पार्टीको नाम जे भएपनि हामी पुरानै चुनाव चिन्ह सूर्य चिन्हका साथ अगाडी आउने छौँ,’ उनले भने । उनले मन्तव्यका क्रममा सबैभन्दा बढी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको कडा आलोचना गरे ।
उनले प्रचण्ड र माधव नेपाललाई अप्रत्यक्ष रुपमा जोकरको संज्ञा दिदै उनले भने– ‘उनीहरुको अवस्था चार्ली च्याप्लिन र धुर्मुुस सुन्तलीले अभिनय गरे जस्तै भएको छ ।’ उनले नेपाली काँग्रेसले देखावटी बिरोध मात्र गरिरहेको बताए । उनले बाहिरीरुपमा काँग्रेसले प्रधानमन्त्री ओलीको विरोध गरे जस्तो देखिएपनि आन्तरिकरुपमा हाडभित्रैबाट खुसी भएको भन्दै व्यङ्ग्य गरे । उनले जसपातर्फ इङ्गित गर्दै कमरेड ओली मधेशमा अलोकप्रिय भएको भनिरहँदा प्रधानमन्त्री ओली निकै नै लोकप्रिय रहेको दाबी समेत गरे ।
जनकपुर उद्योग वाणिज्य संघमा पुगेर कार्यक्रममा परिणत भएको थियो प्रधानमन्त्री ओलीले संविधानसभा विघटन गरेको कदमलाई सही भन्दै उनीहरूले समर्थनमा जनकपुरमा प्रदर्शन गरेका हुन् । जनकपुरमा मंगलबार नै ‘पार्टी एकताका लागि युवा अभियान’ नाम दिएर प्रदेश २ को आयोजनामा अन्त्रक्रिया र युवा भेलालाई नेता बस्नेतले सम्बोधन गरिरहेका हुन ।






प्रतिकृया