• १२ असोज २०८३, सोमबार
  • ६ः४६ बिहान

राप्रपाले स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०७:०३

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्गठन सुदृढीकरणका लागि सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । पार्टीको सोमबारदेखि काठमाडौँमा शुरु भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा पार्टीका महिला, धार्मिक, विद्यार्थी र उत्पीडित सङ्गठनका सदस्यहरु प्रशिक्षणमा सहभागी हुने उल्लेख छ । पार्टीको एकतापछि पहिलो पटक बसेको औपचारिक बैठकमा अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको समसामयिक विषय अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सामाजिक न्यायमा सबैको वर्गको पहुँच तथा राष्ट्रिय एकतालाई बलियो बनाउने योजनासहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

National Life

अध्यक्ष कमल थापाले सङ्गठन सुदृढीकरण र भावी योजनामा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलका क्रममा तीन अध्यक्षले राखेका प्रतिवेदनमाथि नेता तथा कार्यकर्ताले बोल्ने क्रम जारी छ । १८८ सदस्य सहभागी रहेको बैठक आज बिहान ९ बजे पुनः बस्‍ने नेता राजाराम श्रेष्ठले जानकारी दिए । बाह्य हस्तक्षेपले सरकार असफल भई राजनीतिक अस्थिरता उत्पन्न भएको विषयलाई पनि कार्यसूचीमा राखिएको छ ।

त्यसैगरी उक्त कार्यसूचीमा महाधिवेशन तयारीसम्बन्धी, सक्रिय सदस्यता वितरण, निर्वाचनसम्बन्धी विनयमावली २०७७, निर्वाचन निर्देशिका तथा कार्यतालिका एंव कोरोना महामारीलाई न्यूनीकरण र मुलुकमा हिन्दू राष्ट्र कसरी कायम गर्नेलगायत विषयवस्तु समेटिएका छन् । रासस

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया