• १२ असोज २०८३, सोमबार
  • ९ः०९ राती

संसद विघटनको सरकारी निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०६:५४

 

National Life

काठमाण्डु – नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टीको बैठकले संसद विघटनको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको तीन दलको बैठकले प्रतिनिधिसभा विघटनको निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले तीन वटै पार्टीको केन्द्रीय बैठकपछि सरकारविरुद्ध संयुक्त रुपमा अगाडि बढ्ने विषयमा निर्णय गर्ने जानकारी दिए । तीन दलको बैठकबाट बाहिरिने क्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको कदम असंवैधानिक रहेकोले कानुनी र राजनीतिक दुवै हिसाबले प्रतिवाद गर्ने निर्णय भएको बताए । ‘सरकारको कदम संविधान र लोकतन्त्रविरोधी रहेको ठहर सबै दलले गरेका छौं । अब तीनै दलको आन्तरिक गृहकार्यपछि कानुनी र राजनीतिक हिसाबले सरकारको प्रतिवाद गर्छौ’, श्रेष्ठले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, रामचन्द्र पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, महामन्त्रीद्वय डा।शशाकं कोइराला र पूर्णबहादुर खड्कालगायत सहभागी रहेको थियो । त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी र जितेन्द्र सोनल पनि बैठकमा उपस्थित थिए ।

प्रतिकृया