• ७ असोज २०८३, बुधबार
  • ३ः२८ दिउँसो

 किनपाएन युनाईटेड इन्स्योरेन्सले सिईओ नियुक्तीको अनुमति 

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ११:५७

काठमाडौं । बीमा समितिले अनुमति नदिँदा युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्ती प्रक्रिया अन्योलमा परेको छ । गत साउनको पहिलो साता युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिले जीवन भट्टराईलाई सिईओ नियुक्ती गर्ने निर्णय गरेको थियो ।

National Life

लामो समयदेखि सिईओ विहिन भएको युनाईटेड इन्स्योरेन्समा गत साउनको पहिलो साता बल्लतल्ल भएको नयाँ सिईओ नियुक्ती प्रक्रिया गरिए पनि बीमा समितिमा पुगेर रोकिएको छ ।

बीमा कम्पनीहरुमा सिईओ नियुक्त गर्नुपूर्व बीमा समितिबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । साउनको पहिलो साता युनाईटेड इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ नियुक्तीको फाईल बीमा समितिमा दर्ता गराएको छ । स्रोतका अनुसार सिईओ नियुक्ती गर्दा तोकिएको तलब सुविधालगायतमा कैफियत कारणले भट्टराईलाई अनुमति दिन बीमा समितिले इन्कार गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

युनाईटेड इन्स्योरेन्स कम्पनीले सिईओलाई दिन सक्ने अधितम् सुविधा भन्दा बढि तलब सुविधा तोकिएका कारण क्षमता नभ्याउने भएकोले बीमा समितिले जीवन भट्टराईलाई सिईओ नियुक्ती सम्बन्धी फाईल स्थगनमा राखेको छ ।

स्रोतका अनुसार युनाईटेड इन्स्योरेन्सले आफ्नो सिईओलाई मासिक अधितम् साढे तीन लाखसम्म तलव खुवाउने मिल्ने भएपनि गत असारको अन्तिम साता बसेको युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले जीवन भट्टराईलाई मासिक छ लाख भन्दा बढि तलव सुविधा पाउने गरी सिईओ पदमा नियुक्त गरेको थियो ।

बीमा समितिले तलव सुविधा घटाउन निर्देशन दिएपछि सिईओमा नियुक्त भएका भट्टराई कम तलवमा काम नगर्ने भन्दै इन्कार गरेका छन् । तलव सुविधाकै कारण युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्ती गर्न प्राविधिक समस्या देखिएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासनमा छ महिनाभन्दा लामो समय सिईओ रिक्त गर्न नहुने भएपनि युनाईटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्सलगायतका बीमा कम्पनीहरुमा महिनौंदेखि सिईओ विहिन छन् ।

 

प्रतिकृया