• ११ असोज २०८३, आइतबार
  • ७ः२१ बिहान

किशोरीलाई रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर जबरजस्ती करणी

प्रकाशित मिति

२०७७ पुष २ गते, बिहीबार ०७:५३

भक्तपुर, कामको खोजीमा रहेकी किशोरीलाई काम दिएर जवरजस्ती यौन धन्दा गर्न बाध्य बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले एक १७ वर्षकी किशोरीलाई कोठाभित्र ग्राहकसँग पठाएर ढोका लगाउने वेटरसहित संग्लन २ सहित ४ जनालाई पक्राउ गरेको हो ।

National Life

चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडास्थित बाटोमाथिको रिसोर्टमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

प्रहरीका अनुसार रिसोर्टमा युवतीलाई ललाइफकाइ रेष्टुरेन्टमा जागिर दिने प्रलोभन देखाएर उनीहरूले जबरजस्ती करणी गरेको अभियोग छ । किशोरीहरु काममा आएपछि रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागि कोठाभित्र पठाएर ढोका बन्द गरिदिने गरिकएको पाइएको परिसरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

बालिकाका अनुसार कुँवरले कोठामा पठाएर ढोका लगाईदिका थिए भने उपाध्यायले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।  पीडित बालिकाले फुपुको रोहबरमा दिएको जबरजस्ती करणीको जाहेरी दरखास्तको आधारमा उनीहरु उपर भक्तपुर जिल्ला अदालतबाट थप अनुसन्धान म्याद थप भएको छ ।

बिशेष सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले उक्त रेष्टुरेन्टमा चेकजाँच गर्दा तथ्य खुलेको प्रहरीले जनाएको छ । दुवैलाई जबरजस्ती करणीको कसुरमा अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सुचना अधिकारी डिएसपी गिरीका अनुसार घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीलाई चेकजाँच तथा सोधपुछ गर्दा अवरोध पु¥याएको कसुरमा सोही रिसोर्टमा काम गर्ने काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाँउपालिका वडा नं. २ डटुवा घर भएका बर्ष २१ का प्रदीप केसी र गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजार स्थायी घर भएका २२ बर्षका अश्विन कुँवर पनि पक्राउ परेका छन् ।

प्रतिकृया