• ८ असोज २०८३, बिहीबार
  • ७ः२१ बेलुका

प्रहरीद्धारा हराएका सवारी साधन सम्बन्धीत व्यक्तिलाई हस्तान्तरण

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०६:२५

काठमाडौँ, ट्राफिक प्रहरी महाशाखा, रामशाहपथबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले विभिन्न मिति र समयमा हराएका २२ वटा सवारी साधनहरु खोजतलास गरी फेलापारी सम्बन्धीत धनीलाई एक कार्यक्रमका बिच यस महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले हस्तान्तरण गर्नु भएको छ । साथै सोहि अवधिमा मोटरसाईकल चोरीमा संलग्न ११ जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहिको लागि उपत्यकाका बिभिन्न प्रहरी कार्यालयमा बुझाईएको छ ।

National Life

महाशाखाका प्रमुख जनक भट्टराईले भन्नुभयो ( “ असुरक्षित पार्किङ्ग स्थल, एकान्त स्थलमा पार्किङ गरेका र अतिरीक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका मोटरसाईकल बढी चोरी हुन्छन् ।’’

सवारी साधनलाई चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलाराम लगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनि ढुक्क नपर्न, “एकै छिन हो” भनि अतिरिक्त लक लगाउन अल्छी नगर्न भट्टराईले सुझाव दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै मंसिर महिनाको अवधीमा नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकहरूले प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रकारको प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कानूनी कारवहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गरी सङ्गठनको छवि समेत उच्च राख्ने तथा अन्य प्रहरी कर्मचारीहरूमा समेत यस्तो कार्य गर्न सकारात्मक उत्प्रेरणा जगाउनमा योगदान गर्ने यस महाशाखा तथा मातहतमा कार्यरत २२ जना ९प्रहरी नायव निरीक्षक ( १, प्रहरी सहायक निरीक्षक ( १, प्रहरी हवल्दार ( ४ र प्रहरी जवान ( १६० प्रहरी कर्मचारीहरू लाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको छ ।

 

प्रतिकृया