• ७ असोज २०८३, बुधबार
  • २ः२७ दिउँसो

महालक्ष्मी नगरपालिका र वाणिज्य बैंक लिमिटेड बीच समझदारी

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०६:४२

गते महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभएको छ ।

National Life

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा अध्यक्षज्यूहरु, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, बागमती प्रादेशिक कार्यालयको प्रबन्धक, लुभु शाखाको प्रबन्धक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने भन्नेबारे प्रकाश पार्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस समझदारीले वर्तमान अवस्थामा खेर गईरहेका बौद्धिक र श्रमिक शक्तिको उचित व्यवस्थापन गर्ने नगरको लक्ष्यलाई पुरा गर्न एवम् नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमको सफलतामा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले यस सहुलियतपूर्ण कर्जासँग सम्बन्धित काममा बैंकसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठज्यूले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यन्वनयमा चुनौति भएता पनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया