• १३ असोज २०८३, मंगलबार
  • २ः२३ दिउँसो

फ्रान्समा फेरि कर्फ्यू

प्रकाशित मिति

२०७७ पुष १ गते, बुधबार ०६:४९

फ्रान्समा फेरि कर्फ्यू सुरु भएको छ । देशव्यापी चलिरहेको दोस्रो चरणको लकडाउन हटाएर रात्रिकालिन कर्फ्यू सुरु गरिएको हो । अब स्थानीय समय अनुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म स्थानीय अधिकारीको अनुमति बिना कोही पनि घरबाट निस्कन पाउने छैनन् । बार र रेष्टुरेन्ट भने कम्तिमा जनावरी २० सम्म बन्द नै रहनेछ ।

National Life

यस्तै घरबाहिर निस्कनको लागि औपचारिक पुष्टि गर्न प्रिन्ट वा डाउनलोड गरिएका कागजपत्र आवश्यक पर्ने छैन ।

फ्रान्समा अहिले दैनिक ५ हजारको दोब्बरभन्दा बढीले नयाँ संक्रमित थपिने क्रम चलिरहेको छ भने ७ सय ९० भन्दा धेरैको मृत्यु भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेसम्म २ करोड ९३ लाखको कोरोना परीक्षण गर्दा २३ लाख ९१ हजारमा कोरोना पुष्टि भएको छ । जसमध्ये १ लाख ७९ हजार निको भएका छन् भने ५९ हजार बढीको मृत्यु भएको छ ।

एजेन्सी

प्रतिकृया