मौसम: आगामी तीन दिन यी क्षेत्रमा आंशिक बदली
प्रकाशित मिति
२०७७ मंसिर २९ गते, सोमबार ११:५०
काठमाडौं, जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका पहाडी क्षेत्र र प्रदेश १ मा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसमसामान्यतया सफा रहने जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी क्षेत्रमा बदली हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
सोमबार दिउँसो प्रदेश १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ लगायत देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै बुधबार दिउँसो देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशको पहाडि भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।






प्रतिकृया