• ७ असोज २०८३, बुधबार
  • ४ः५७ बेलुका

ओलीले बोलाए सर्वदलीय बैठक

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०२:०९

काठमाडौं,नेकपाभित्रको विवाद चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

National Life

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि भोली मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको बताए ।

यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका लागि यस्तै बैठक आह्वान गरिएको थियो।
नेकपाभित्रको विवाद, सरकारविरुद्ध नेपाली कांग्रेसले सुरु गर्न लागेको आन्दोलन र राजावादीको संंघर्ष भइरहेका बेला बोलाइएको सर्वदलीय बैठकलाई महत्वका साथ हेरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया