भक्तपुरमा कार दुघटना हुदा एकजनाको मृतु
प्रकाशित मिति
२०७७ मंसिर २१ गते, आईतवार ०२:३२
भक्तपुर, मध्यरात १२ बजे भक्तपुर जिल्लाको मध्यपुरठिमी कौशलटार स्थित सडकमा कार दुघटना हुदा एकजनाको मृतु भएको छ ।
भक्तपुरबाट काठमाण्डौ तर्फ जादै बा.८ च. ४७५६ नं को कार अनियन्त्रित भई प्रबिन पेट्रोल पम्प नजिक भएको सडक विचको फलामको रेलिङहरुलाई ठक्कर दिई दुर्घटना भएको र दुघटनाम काठमाण्डौ जिल्ला धम्बाराहि पिपलबोट बस्ने बर्ष ३० की रिया श्रेष्ठको उपचारको क्रममा मृतु भएको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी निरीक्षक इन्द्रमणी अधिकारीले जानकारि दिए।
अधिकारिका अनुसार प्रहरीद्वारा तत्कालै उपचाकालागी मध्यपुर अस्पताल ठिमीमा ल्याई पुर्याथउदा चिकित्सकले मृत्यू भइसकेको जानकारी दिएको हो ।
उक्त कारमा सवार निम्न वतन भएकी रिया श्रेष्ठ समेत ३ जनालाई लिएर काठमाण्डौ तर्फ जाने क्रममा दुर्घटना भएको आज विहान प्रहरीको नियन्त्रणमा आएका चालक रञ्जित कार्कीले प्रारम्भिक सोधपुछको क्रममा बताएका हुन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरि निरीक्षक अधिकारिले जानकारि दिए।
दुघटना बिवरण
१. भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. १ लोकन्थी बस्ने बर्ष २६ को रञ्जित कार्की ९चालक अवस्था सामान्य० ।
२. भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. ५ राधेराधे बस्ने बर्ष २६ को विजय देउजा ९सामान्य चोटपटक० ।
३. भक्तपुर जिल्ला सुर्यविनायक न.पा. ४ गाम्चा बस्ने बर्ष २७ को सुदप थापा ९सामान्य० ।
४. काठमाण्डौ जिल्ला का.म.न.पा.४ धुम्बाराही पिपलबोट बस्ने बर्ष ३० की रिया श्रेष्ठ ९मृतक० ।






प्रतिकृया