• ७ असोज २०८३, बुधबार
  • २ः३० दिउँसो

२२ औंं वार्षिक साधारणसभा माछापुच्छ्रे बैंकको पौष २ गते, यस्ता छन् एजेण्डा

प्रकाशित मिति

२०७७ मंसिर १४ गते, आईतवार ०१:३५

काठमाडौँ , माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

National Life

बैंकको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २२औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबारहोटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

यसैगरी, सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया