• ९ असोज २०८३, शुक्रबार
  • ६ः४७ बेलुका

निजगढ विमानस्थलः गुरुयोजना बनाउने कम्पनी छनोट

प्रकाशित मिति

२०७७ मंसिर ८ गते, सोमबार ०७:४७

काठमाडौं, राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए ९जेभी० ले गुरुयोजना बनाउने जिम्मा पाएको छ ।

National Life

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न कम्पनी छनोट भएको जानकारी दिए ।

प्राधिकरणले आशय–पत्र ९लेटर अफ इन्ट्रेस्ट० जारी गर्दै गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको जानकारी दिँदै उहाँले थप्नुभयो, ‘‘गुरुयोजना निर्माणको जिम्मा अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए ९जेभी० ले पाएको छ ।’’

Classic Tech Mobile
Classic Tech Desktop

गत असोजमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढाउन गुरुयोजना यथाशीघ्र निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्रालयको निर्देशनपछि प्राधिकरणले गुरुयोजना निर्माण गर्न कम्पनी छनोट गरेको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया