• १८:११ २०८० चैत्र १६ गते
  • 6:11 pm

कोसेलीको रोजाइ बन्दै लप्सीको क्यान्डी

प्रकाशित मिति

२०७७ मंसिर ६ गते, शनिबार ०८:३४

IMG 0969 1536x1152 1

दक्षिणकाली, मंसिर ६ । लप्सीका लागि प्रसिद्ध दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बन्दै भएको छ । कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै उद्योग खुल्न थालेका हुन् ।

दक्षिणकाली नगरपालिका–८, छैमलेका उत्तमप्रसाद आचार्यको घरेलु उद्योगमा यतिबेला लप्सी क्यान्डी बनाउन भ्याइनभ्याई छ । गाउँबाट आउने कारिन्दा दशैँ, तिहारको तयारीमा व्यस्त रहेकाले आएका छैनन् तर गोरखादेखि आएर काम गरिरहेका कामदारलाई भने कामको चटारो छ ।

गोरखाका तिलकबहादुर बराम, राजकुमार बराम र मनकाजी बराम सबेरै उठेदेखि साँझसम्म क्यान्डी बनाउने काममा लागि पर्छन् । बिहान सबेरै लप्सीका लेदो फ्रेममा हालेर तयार गर्ने, घाम लागेपछि सुकाउने र दिउँसोदेखि साँझसम्म तयार भएका लप्सीका थरीथरीका पातोलाई क्यान्डीमा रूपान्तरण गर्न उनीहरूलाई भ्याइनभ्याई हुन्छ । दक्षिणकाली फुड प्रोडक्ट नाममा एक थरी लप्सीका सातथरी क्यान्डी बनाउने गरेको उद्योगी उत्तमप्रसाद आचार्यले बताए । अमिलो, पिरो, गुलियो, नुनिलो, मसला मिसाएको गरी विभिन्न स्वादमा लप्सीका क्यान्डी उनकोमा पाइन्छ ।

चिनीको पाकबाट मात्र बनेका बजारका अस्वस्थ चकलेट, मिठाईभन्दा लप्सीको क्यान्डी कयौँ गुणा लाभकारी हुन्छ, उहाँ सुनाउनुहुन्छ । काठमाडौँबाट बाहिर जानेले दशैँ, तिहार, छठजस्ता चाडबाडका बेला कोसेलीका रूपमा लप्सीका क्यान्डी बढी घर लैजान्छन् । त्यही भएर यतिबेला माग आइरहेको छ ।

उनका अनुसार कोरोनाका कारण विगत चैतदेखि ठप्प रहेको उत्पादन, वितरणका कारण ठूलो घाटा बेहोर्नुप¥यो । स्कुल, कलेज र कोसेली बेच्ने भाटभटेनी, बसपार्कका बजार र न्युरोडका पसलमा उहाँको क्यान्डी अत्यधिक पुग्थ्यो तर सबै बन्द भएपछि माग बन्द भयो ।गोरखापत्र दैनिकबाट

प्रतिकृया