• २५ भदौ २०८३, बिहीबार
  • ८ः२० राती

दिशा पटानीको हट बिकिनीको तस्वीर सामाजिक सञ्जालमा भाइरल

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार ०३:४४

एजेन्सी, बलिउड अभिनेत्री दिशा पटानी हाल टाइगर श्राफसँग मालद्वीपमा आनन्द लिइरहेकी छिन् । यही क्रममा उनले केही हट बिकिनी लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

National Life

यो तस्वीरमा दिशा पटानी रातो बिकिनीमा देखिएकी छिन् । दिशाको यो हट तस्वीरमा टाइगर श्राफकी आमा आयशा श्राफले पनि प्रतिक्रिया दिएकी छिन् । आयशाले दिएको प्रतिक्रियाले सबैको ध्यान तानेको छ । प्रतिक्रियामा उनले दिशाको नाममा निकनेमको प्रयोग गरेकी छिन् ।

आयशाले दिशाको हट तस्वीरमा कमेन्ट दिदैँ लेखेकी छिन्, ‘वाह दिशु’ । प्रतिक्रिया दिदैँ उनले फायर इमोटिकान पनि सेयर गरेकी छिन् । दिशाको फोटोमा कमेन्ट गर्दै टाइगरको बहिनीले लेखेकी छिन्, ‘दिशा म तिमीसँग फेरी एकपटक तालिम गर्न धेरै उत्सुक छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

दिशा पटानीलाई सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मा देखिन सकिनेछ । यस फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् ।

प्रतिकृया