• ९ असोज २०८३, शुक्रबार
  • ७ः०८ बेलुका

हङकङको एक नेपाली रेस्टुरेन्टमा आगलागीः कम्तिमा ७ को मृत्यु, अधिकांश नेपाली

प्रकाशित मिति

२०७७ मंसिर २ गते, मंगलवार ०६:५३

हङकङ, हङकङको एक रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। जसमध्ये अधिकांश नेपाली रहेको अधिकारीहरूले बताएका छन्।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक ९ वर्षीय बालकसहित ७ जनाको मृत्यु भएको हो।

National Life

मृत्यु हुनेमा ४ पुरुष र ३ जना महिला रहेका छन्। मृत्यु हुनेमा ९ देखि ४० वर्षका रहेका छन्। त्यस्तै गम्भीर अवस्थामा ३ पुरुष र ४ महिलाको अस्पतालमा उपचार भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्। अधिकारीहरूका अनुसार क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन् ।
अन्नपुर्ण पोस्ट दैनीकबाट साभार

 

प्रतिकृया