• ८ असार २०८३, सोमबार
  • ५:४९ बेलुका

धुमधामसँग सिंहको विवाह

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०१:४८

हामीले आजसम्म मानिसहरुको मात्र धुमधामले विवाह गरेको देखेका छौ । तर, आज हामी एक जनावरको धुमधामले सम्पन्न भएको विवाहको बारेमा जानकारी दिन जादैँछौ । सिंहको विवाह भव्य रुपमा भएको छ ।

बंगलादेशको चटगाउँमा बगैचामा दुई सिंहबीच विवाह सम्पन्न भएको हो । यस विवाहमा सिंह र स्त्री सिंहको लागि विशेष प्रकारको मासुले बनाएको लभ आकारको केक बनाइएको थियो । जानकारीका अनुसार बुधवार नोवा सिंह र नभ सिंहको विवाहको भोज दिइएको थियो ।

Kamana Sewa

भोजमा ४ सय पाहुनाहरु उपस्थित भएका थिए । चटगाउँ जिल्लाको सरकारी प्रशासक उद्दीनले अलग किसीमको समारोह भएको र सिंह सिंहबीचको मिलनको स्वागत गर्नलाई रंगी बिरंगी साजसज्जाको साथमा जनावर बगैचामा उत्सव मनाउने प्रयास गरेको बताएका छन् ।

Classic Tech Desktop

उनले यसको लक्ष्य धेरै सख्यामा दर्शकलार्ए आकर्षित गर्नु र जनावरको जोडीमा प्रजनन गर्नको लागि धेरै राम्रो वातावरण तयार गर्नु भएको जानकारी मिडियालाई दिएका छन् । उद्दिनले रंगपुरबाट बगैचाको लागि बादशाह नामका सिंह लिएर आएर उसको नाम नभ राखिदिए । दुई सिंहको विवाह भन्दा पहिला स्कुलका बच्चाहरुलाई पार्टी पनि दिएका थिए, पार्टीको साथमा सानो कन्सर्टको पनि आयोजना गरेका थिए । एजेन्सी

प्रतिकृया