• ८ असार २०८३, सोमबार
  • ७:१८ बेलुका

अब सबै कुराको छिनोफानो केन्द्रीय कमिटीले गर्छ : युवराज ज्ञवाली

प्रकाशित मिति

२०७७ कार्तिक २३ गते, आईतवार ०२:०५

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टीको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको स्पष्ट पारेका छन् । आज ९आइतबार० एक पत्रकारसँग कुरा गदै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने,‘हिजोको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले के भन्नुभयो भन्ने कुरा मैले मिडियाबाट थाहा पाईरहेको छु, तर हाम्रो स्थायी कमिटीको बैठकको निर्णय के हो भने कार्यकारी अध्यक्ष प्रचण्ड हो, र उहाँले पार्टी काममा केन्द्रित भएर लाग्नु्पर्छ । कमरेड केपी शर्मा ओली पार्टीको अर्को अध्यक्ष भएपनि उहाँ सरकारको काममा केन्द्रित हुनुपर्छ भनेर किटानीका साथ लेखेको छ । र, उहाँहरुकै प्रस्ताव हो त्यो । दुवै अध्यक्षको प्रस्तावमा हामीले स्थायी कमिटीको बैठकबाट सर्वसम्मतीले निर्णय गरेका छौं ।’ पार्टी सचिवालयका बहुमत सदस्यहरुले बैठक बसौं भन्दा कसरी पेल्ने कुरा हुन्छ रु भन्दै उनले उल्टै प्रश्न समेत गरे ।

Kamana Sewa

उनले भने,‘पहिला त बैठक बस्नपर्यो, अहिले अल्पमत र बहुमतको कुरा होईन् ।’ बैठक बसौं भनेर बहुमत सदस्यहरुले भनिसकेपछि बैठक अनिवार्य रुपमा डाक्नुपर्ने उनको तर्क छ । उनले भने,‘यो हाम्रो पार्टीको वैधानिक व्यवस्था हो । पाँच÷पाँच जना नेता गएर बैठक बसौं भन्दा अनि किन बैठक नबस्ने रु त्यसमा तलमाथि गर्नुहुँदैन् ।’
उनले अब पार्टीभित्र देखिएका सबैखाले विवादको हल र समाधान केन्द्रीय कमिटीले दिने स्पष्ट पारे । उनले भने,‘केन्द्रीय कमिटीले जे निर्णय गर्छ, त्यो सबैले मान्नुपर्छ । यो बाध्यात्मक अवस्था हो । त्यही बैठकले छिनोफानो गर्छ ।’

Classic Tech Desktop

प्रतिकृया