लागूऔषध अफिम १० किलो ४०० ग्राम तथा मनोद्दिपक पदार्थ सहित सात जना पक्राउ
प्रकाशित मिति
२०७७ कार्तिक २१ गते, शुक्रबार ०३:२९
काठमाण्डौ,लागू पदार्थको कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वपर तथा मातहत शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले मिति २०७७।०७।२० गते १६:०० बजेको समयमा जिल्ला बाँके खजुरा गा.पा.वडा नं.८ रनियापुर स्थित सडक किनारामा दाहिने हातमा रातो रंगको झोला बोकी बसीरहेको अवस्थामा जिल्ला जाजरकोट, जुनीचाँदे गा.पा. वडा नं. २ बस्ने बर्ष ३७ को तिलक बहादुर शाहीलाई शंकास्पद अवस्थामा फेला पारी शरिर तथा झोला खानतलसी गर्दा निजले बोकेको झोला भित्र सेतो प्लाष्टिकका ११ वटा पोका बनाई राखिएको अवैध लागू औषध अफिम १० किलो ४०० ग्राम सहित पक्राउ गरिएको छ ।
निजलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाईएको ।

२. मिति २०७७।०७।१९ गते जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नं. ४ बस्ने बर्ष २३ कि सोनी तामाङलाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-१८ एम्पुल, बुप्रेनोर्फिन (नुफिन)-१८ एम्पुल र फेनारगन-२० एम्पुल गरी जम्मा ५६ एम्पुल सहित जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा.वडा नं.०६ बौद्ध तिनचुले बाट पक्राउ गरिएको ।
३. मिति २०७७।०७।२० गते जिल्ला उदयपुर, उदयपुरगढी गा.पा.वडा नं. ६ बस्ने बर्ष ३० को ईन्द्र बहादुर अधिकारी र ऐ .ऐ. त्रियुगा न.पा. वडा नं. ५ बस्ने बर्ष २९ को अरुण विश्वकर्मालाई नियन्त्रित मनोद्विपक पदार्थ नाईट्राभेट २९८९ ट्याब्लेट, डाईजेपाम-२० एम्पुल, बुप्रिनर्फिन (नुफिन)-२० एम्पुल र फेनारगन-२० एम्पुल गरी जम्मा ६० एम्पुल सहित जिल्ला काठमाण्डौं, कागेश्व री मनहरा न.पा.वडा नं.०९ बाट पक्राउ गरिएको।
पक्राउ परेका अरुण विश्वकर्मा यस पूर्व पनि लागू औषध नियन्त्रण व्यूरोद्वारा मिति २०७४।१२।१६ गते नियन्त्रित मनोद्दिपक पदार्थ मुद्धामा डाईजेपाम १५१ एम्पुल, बुप्रिनर्फिन ११५ एम्पुल र फेनारगन १४५ एम्पुल तथा नाईट्राभेट ४४२ ट्याब्लेटसहित पक्राउ परी २ बर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।
४. मिति २०७७।०७।२० गते जिल्ला रामेछाप खाडादेवी गा.पा. वडा नं. ७ बस्ने बर्ष २० को दिनेश महतलाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-१०० एम्पुल, बुप्रेनोर्फिन (नुफिन)-१०० एम्पुल, र फेनारगन-१०० एम्पुल गरी जम्मा ३०० एम्पुल सहित जिल्ला काठमाण्डौं, टोखा न.पा.वडा नं.१० भण्डारीचोकबाट पक्राउ गरिएको ।
५. मिति २०७७।०७।१९ गते जिल्ला नुवाकोट वेलकोटगडी न.पा.४ वडारे बस्ने बर्ष २७ को सञ्जु गुरुङ र जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउपालिका वडा नं. ७ बस्ने बर्ष ३६ को आले लामालाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम-६० एम्पुल, बुप्रेनोर्फिन(नुफिन)-६० एम्पुल र फेनारगन-६० एम्पुल गरी जम्मा १८० एम्पुल सहित जिल्ला काठमाण्डौं, काठमाण्डौं म.न.पा.११ त्रिपरेश्व्रबाट पक्राउ गरिएको छ ।निजहरुउपर लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाही भईरहेको व्यहोरा जानकारी गराईएको छ ।
प्रहरी उपरीक्षक





प्रतिकृया