• ६ असार २०८३, शनिबार
  • ५:४३ बेलुका

प्रधानमन्त्री ओलीद्वारा न्युजिल्याण्डका प्रधानमन्त्री आर्डेनलाई बधाई

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०५:२४

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्युजिल्याण्डका प्रधानमन्त्रीमा ज्याकिण्डा आर्डेन पुनः निर्वाचित हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री आर्डेनलाई आज बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले उनको कार्यकालको सफलताको कामना गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री आर्डेनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले न्युजिल्याण्डका विदेशमन्त्रीमा नानया महुता नियुक्त हुनुभएकामा बधाई ज्ञापन गरेका छन् ।

Kamana Sewa

मन्त्री ज्ञवालीले आजै आफ्ना समकक्षी महुतालाई पठाइएको बधाई सन्देशमा नेपाल—न्युजिल्याण्ड सम्बन्धलाई अझ उन्नत तुल्याउन उनीसँग सन्निकट रहेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

Classic Tech Desktop

रासस

प्रतिकृया