मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ
प्रकाशित मिति
२०७७ कार्तिक २० गते, बिहीबार ०६:२४
काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुझाएको १२ बुँदे ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले संविधानको भावना र मर्मानुसार सञ्चारक्षेत्रलाई रुपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको तथा मिडियामा दलित सहभागिता र सरकारी अनुदानको विषयलाई विशेष प्राथमिकतामा राखेको जानकारी दिए ।

सङ्घका अध्यक्ष विनोद पहाडीले सरकारी सञ्चारमाध्ययमको नीतिगत र सम्पादकीय समूहमा दलितको सहभागिता हुनुपर्नेमा जोड दिए । सङ्घले दलित समुदायद्वारा सञ्चालित सञ्चारमाध्यमलाई राज्यद्वारा विशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरणलगायत कर मिनाहासम्मको नीति ल्याउनुपर्ने माग गरेको छ ।
रासस

Recent News
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
- सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले महँगियो, चाँदीको मूल्य पनि बढ्यो
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
Crime
Politics
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा
- रास्वपा महाधिवेशनको दोस्रो दिन, यस्तो छ कार्यतालिका

प्रतिकृया