• ८ असोज २०८३, बिहीबार
  • ८ः१५ राती

गेष्ट हाउसमा युवतीको शव फेला

प्रकाशित मिति

२०७७ कार्तिक १९ गते, बुधबार ०८:२१

काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन्। बुधबार आज कोटेश्वरको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन्। काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

National Life

मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन्। मंगलबार राति सो होटलमा आएर बसेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका डिएसपी दक्ष बस्नेतले बताए।

उनको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया