राजस्थानलाई हराउँदै कोलकाता चौँथो स्थानमा
प्रकाशित मिति
२०७७ कार्तिक १७ गते, सोमबार ०६:४०
इन्डियन प्रिमियर लिग (आईपीएल) टीम कालकाता नाइट राइडर्सले लिग चरणको आफ्नो अन्तिम खेलमा राजस्थान रोयल्सलाई ६० रनले हराउँदै अंक तालिकाको चौथो स्थानमा पुगेको छ। यो खेलअघि कोलकाता तालिकाको पुछारमा थियो।
कोलकाताले प्ले अफको यात्राका लागि भने रोयल च्यालेन्जर्स बैङ्लोर र दिल्ली क्यापिटल्स तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेलको नतिजा कुर्नुपर्ने छ। अहिले दोस्रो, तेस्रो र चौँथो स्थानमा रहेका बैङ्लोर, दिल्ली र कोलकाताको समान १४ अंक छ। सोमबार हुने बैङ्लोर र दिल्लीको खेलमा ठूलो अन्तरको जितहार भए हार्ने टीमको रनरेट घटेर कोलकाताभन्दा तल जान सक्छ। त्यसो हुँदा कोलकाता प्ले अफमा पुग्न सक्छ।
बैङ्लोर र दिल्लीबीच साँघुरो जितहार भए यी दुई टीम नै प्ले अफमा पुग्छन्। तर, मंगलबार हुने खेलमा मुम्बई विजयी भए कोलकाताको अघिल्लो चरणको यात्रा पक्का हुनेछ। हैदराबादले जिते पाचौँ स्थानमा झर्दै कोलकाता बाहिरिन्छ। सबै संभावना कायम रहेकाले प्ले अफ पुग्ने प्रतिश्पर्धा रोचक बनेको छ।






प्रतिकृया