• २६ भदौ २०८३, शुक्रबार
  • ३ः२८ राती

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख नजिक

प्रकाशित मिति

२०७७ कार्तिक १५ गते, शनिबार १०:३९

काठमाडौं, विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ११ लाख ९३ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

National Life

अहिलेसम्म कुल संक्रमित संख्या ४ करोड ५८ लाख नाघेको छ । ३ करोड ३२ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९३ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३५ हजारको मृत्यु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतमा ८१ लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५५ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६८ हजार २ सय ३५ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय २० जना को मृत्यु भएको छ । एक लाख २८ हजार ९ सय ५८ लाई निको भएको छ ।

 

प्रतिकृया