• ११ असोज २०८३, आइतबार
  • ९ः१९ राती

एकजनामा कोरोना संक्रमण भेटिएपछि चीनद्वारा सिंगो शहरमा टेष्ट

प्रकाशित मिति

२०७७ कार्तिक १० गते, सोमबार ०९:०३

एजेन्सी, १० कात्तिक । चीनले कोरोना भाइरसविरुद्धको अभियानमा कुनै सम्झौता नगरेको फेरि प्रमाणित गरेको छ । उसले एकजना व्यक्तिमा संक्रमण भेटिएपछि सिन्जाङ प्रान्तको एउटा शहरभर परीक्षण थालेको छ ।

National Life

कसगर शहरको गार्मेन्टकी एकजना महिला कामदारमा कोरोना देखिएपछि चीनले सिंगो शहरमा टेष्ट शुरु गरेको बताइएको छ । दश दिनबीच ती महिला पहिलो संक्रमितका हुन् ।

कसगरमा ४७ लाख जनसंख्या रहेको छ । यसरी सिंगो शहरमा टेष्ट गर्दा एक सय ३८ जनामा संक्रमण पत्ता लागेको बुझिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कसगर शहरमा मानिसहरुलाई घरभित्रै बस्न भनिएको छ । शैक्षिक संस्थाहरु बन्द गर्न लगाइएको छ ।

प्रतिकृया