• १३:५६ २०८० चैत्र १६ गते
  • 1:56 pm

नेपालले बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०९:०५

Rakhepa

काठमाडौँ, नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई अनुमति दिएको छ ।

मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो । एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टोलीको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बङ्गलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ ।

आगामी नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग खेल्नेछ । राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायका अनुसार नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । बङ्गलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।
रासस

प्रतिकृया