ओलीको कार्यशैलीः गुटको रक्षा गर्दै आफ्नालाई अवसर नै अवसर
उनले एकता महाधिवेशनसम्म ओलीलाई नै निरन्तरता दिनेबारे आफ्नो सार्वजनिक अभिव्यक्ति दिएका थिए । र, उनले आफूलाई ओलीकै खेमामा उभ्याएका थिए । रायमाझीले पूर्व माओवादी केन्द्रका नेताहरु प्रभु साह, हरिबोल गजुरेल, लेखराज भट्ट र मणि थापालगायतका नेताहरुलाई पनि ओलीकै पक्षमा उभ्याएका थिए । ओलीले रायमाझीको त्यही गुण तिर्नको लागि पनि यसपटक उपप्रधानसहित रक्षा मन्त्रालयको नेतृत्व दिने तयारी गरेका छन् ।
रायमाझी यसअघि नै उपप्रधानमन्त्री भैसकेको व्यक्ति भएकोले यसपटक पनि उपप्रधानमन्त्री नै दिएर रायमाझीको प्रोटोकल म्यानेज गर्ने बालुवाटारको योजना छ । रायमाझीले यसअघि नै रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा आफूलाई उपप्रधानमन्त्रीसहितको जिम्मेवारी दिएमात्रै सरकारमा जाने नभए नजाने भनेर स्पष्ट पारिसकेका छन् । File Photo/ReportersNepal








प्रतिकृया