• ९ असोज २०८३, शुक्रबार
  • ९ः२६ राती

आईपीएलः आज बैंगलोर र राजस्थान तथा दिल्ली र मुम्बई खेल्दै

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०१:०१

काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

National Life

पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा दोस्रो खेल दिल्ली क्यापिटल्स र साविक उपविजेता चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

बैंगलोर र राजस्थानबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने दिल्ली र चेन्नईबीचको खेल भने साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जित निकाल्न चाहन्छ । ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।

यसैगरी, सारजाह क्रिकेट रंगशालामा श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली सातौं जितको खोजीमा हुनेछ । ८ खेलमा ६ जितसहित १२ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

यता, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ८ खेलमा ३ जित र ५ हारका साथ ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ ।

 

प्रतिकृया