• १ असोज २०८३, बिहीबार
  • १२ः१७ दिउँसो

जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०८:१२

काठमाडौँ, कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि सूचना गरिएको थियो ।

National Life

रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले भने, “छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो तर करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नै पर्ने अवस्था तथा करारको अवधि समाप्त भएपछि जागिर छोड्न नचाहने र हटाइएको खण्डमा विभिन्न झन्झट हुने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना गर्न लागिएको हो ।”

Classic Tech Mobile
Classic Tech Desktop

करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणीसमेत आउन सक्ने भएकाले कर्मचारी भर्नालाई विवादरहित बनाउन तथा रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकैपटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको उनले
स्पष्ट पारे ।

यसअघि नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया