• ११:५७ २०८० चैत्र १६ गते
  • 11:57 am

विद्युत् विस्तार गर्न आग्रह

प्रकाशित मिति

२०७७ आश्विन २२ गते, बिहीबार ०८:१५

bidut

राँझा, विद्युत् विस्तारमा ठेकेदार कम्पनीले बाधा अड्चन गरेको आरोप लगाउँदै बाँकेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका वासिन्दा आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज मध्यान्ह पूर्व पश्चिम राजमार्ग चक्काजाम समेत गरेका छन् । सवारी साधन बीच सडकमै रोकिँदा यात्रु अलपत्र परेका थिए ।

सङ्घर्ष समितिका संयोजक पट्टु थारुले कोहलपुरबाट धामपुरको सब स्टेशनसम्म ३३ केभीको मुख्यलाइन गएपनि गाउँमा बिजुली वितरण हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विद्युत् विस्तारको कामलाई विद्युत् प्राधिकरणले अगाडि बढाउन खोज्दा ठेकेदार कम्पनी गौरी पार्वती उष्मा जेभीले उच्च अदालत नेपालगञ्जमा मुद्दा दर्ता गरेपछि स्थानीय आक्रोशित भएका बताइएको छ ।

अहिले पनि राप्तीसोनारीको वडा ३ र ४ मा पूर्णरुपमा विद्युत् पुगेको छैन । वडा नं ५ का केही गाउँ र नरैनापुरकाको ५ वटा भन्दा बढी वडामा विद्युत् विस्तार हुन सकेको छैन । २०६४ सालमा रु ४६ करोड लागतमा ३३ केभी लाइन विस्तारका लागि बोलपत्र आह्वान भएको भएपनि कामको जिम्मा पाएको सो कम्पनीले १४ बर्षसम्म काम नगरेपछि विद्युत विस्तार हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले विद्युत् विस्तारको बिषयमा आफु निकै सकारात्मक रहेको जनाउँदै अदालतलाई विद्युत् विस्तारको पक्षमा जवाफ दिएको बताउनुभयो । उहाँले सङ्घर्षका कार्यक्रम नगर्ने गरी राप्तीसोनारी र नरैनापुरवासीको माग सम्बोधन गर्नेतर्फ ध्यान दिएको जानकारी दिनुभयो ।
रासस

प्रतिकृया