• ९ असोज २०८३, शुक्रबार
  • ६ः५९ बेलुका

सुशान्त सिंह राजपुतकी प्रेमिका रियालाई मिल्यो जमानत

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०४:१८

एजेन्सी, ड्रग्सको मुद्दामा केही हप्तादेखि जेलमा रहेकी बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीलाई मुम्बइको उच्च न्यायलयले जमानत दिएको छ ।

National Life

जमानत पाएपनि रियालाई विदेश यात्रा गर्दा प्रशासनको अनुमति आवश्यक पर्दछ । यस्तै, मुम्बइबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । यस्तै, उनी १० दिनको अन्तरमा प्रहरी कार्यलय पुग्नुपर्नेछ । यस भन्दा अगाडि मंगलबार सेसन कोर्टले उनलाई अक्टुबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

यसपछि, रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायलयमा अपिल गरेकी थिइन् । रिया विगत एक महिनादेखि जेलमा थिइन् । उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन् । तर, उनको दुबै पटकको अपिल खारेज भएको थियो । बुधबार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो । रिया जमानतमा छुटेपनि उनका भाई सोविक भने जेलमै रहनेछन् । ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै उनलाई एनसीबीले पक्राउ गरेको थियो । रियाले ड्रग्स किनेको कुरा स्विकार गरेकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया