सरकारले भष्टचारीलाई कार्वाहि गरेको कारण देश छोडेर भाग्ने स्थति बन्यो: सांसद बस्नेत
प्रकाशित मिति
२०७७ आश्विन २१ गते, बुधबार ०१:०४
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित चुख्खु खोलामा ट्रस पुलको शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मंगलवार उक्त पुलको शिलान्यास गर्नुभएको हो ।
संघीय सरकारको स्थानीय स्तरका सडक पुल कार्यक्रम अन्तर्गत विनियोजित रु २० लाख ५१ हजार २ सय ६० को लागतमा सिपाडोलको टार जाने चख्खु खोलामा ट्रस पुल निर्माणको लागि शिलान्यास सम्पन्न भएको छ । उक्त खोलामा एक वटा ठूलो मोटरेवल पुल निर्माण सम्पन्न भइसकेको छ भने एक वटा ठूलो मोटरेवल पुलहरु निर्माण सम्पन्नको चरणमा पुगेको छ । भक्तपुरका विभिन्न ठाउँहरुमा यो वर्ष साना तथा ठूला गरी जम्मा १६ पुलहरु निर्माणको क्रममा रहेको छन् ।
कुटुञ्जेमा खेर गएको जमिनमा मानव अंग प्रत्यारोपण अस्पताल बनाउने प्रकृया अघि बढाएको तर केही स्वार्थ बोकेका व्यक्तिहरुले गणेशमानको शालिक भनि रोकेर राखेकोप्रति आक्रोस व्यक्त गर्दै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कांग्रेसले अपमान गरेको सांसद बस्नेतले आरोप लगाउनुभयो । पछिल्लो समय गणेशमानको नाममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कमाई खाने भाँडोको रुपमा प्रयोग गरको उल्लेख गर्दै उहाँले कांग्रेसका स्वार्थी, कालोबजारी, दलालीलयातले गणेशमान र भट्टराईको इतिहासमा नै कालो धब्बा लगाएको बस्नेतको आरोप छ ।
उक्त स्थानमा अस्पताल बन्ने उल्लेख गर्दै सांसद बस्नेतले दुई अर्व आएको बजेटबाट अस्पताल बनाउन दिने सड्यन्त्र भइरहेको तर त्यसलाई जनताले स्वीकार्न नसक्ने स्पष्ट पार्नुभयो । गणेशमानको शालिक तथा बाटिकालाई वर्तमान जनप्रतिनिधिको नेतृत्वमा बजेट व्यवस्थापन गरेको बताउँदै भक्तपुरको विकास देखेर कतिपयलाई ज्वरो आउन थाल्यो समेत बताउनुभयो ।
जताततै विकास लहर आएको बताउँदै सांसद बस्नेतले आदर्श बसपार्कबाट घ्याम्पेडाँडा जाने १२ मिटरको सडक, चख्खुखोलाबाट भट्टराईटोल बस्नेतगाउँ जाने १२ मिटरको सडक, घ्याम्पेडाँडा–नैचाल सडक, पलाँसे डोलेश्वर सडक, सूर्यविनायक गणेशथान हुँदै कृष्ण मन्दिर जाने सडकलगायतका दर्जनौं सडकहरु तिव्र गतिमा निर्माण भइरहेको जानकारी गराउनुभयो । भक्तपुरका सडकहरुमा पर्खाल निर्माणको कार्यहरु भईरहेको र अबका दिनमा ग्राभेल तथा कालोपत्रे गर्ने प्रतिवद्धता जनाउँदै उहाँले वर्तमान अवस्थामा भक्तपुरका कुनै पनि विद्यालय भवनहरु कच्ची नभएको र यो वर्ष आवश्यक व्यवस्थापन गरी व्यवस्थित भवनहरु निर्माण गरिसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यती हुँदा हुँदै पनि केही साथीहरुलाई विकासको कुरा सुन्यो कि ज्वरो आउँछ । अन्त कोरोनाले ज्वरो आइरहेको छ भक्तपुरमा भने विकासको कुरा सुनेर ज्वरो आइरहेको छ । कोरोनाको ज्वरोको त उपचार होला तर विकास सुनेर ज्वरो आउनेको उपचार के हुने हो रु मैले पत्ता लगाउन सकेको छैन । विभिन्न विकसित मुलुकहरुले कोरोनाको खोपको विकास गर्ने क्रममा छन् । अब विकास विरोधीको लागि के खोप आवश्यक पर्छ रु कसैले पत्ता लगाउन सकेको छैन ।’
जगातीको ईटा टायल कारखानामा एकिकृत सरकारी कार्यालय तथा आधुनिक तरकारी बजारको व्यवस्थापन गर्ने प्रकृया अघि बढेको उल्लेख गर्दै उहाँले गुण्डुमा जगातीको यातायात कार्यालय रहेन गरी आवश्यक संरचना समेत निर्माणको रहेको जानकारी गराउनुभयो ।
उक्त स्थानमा रंगशाला बनाउने कुरा कुनै हालतमा नरोकिने बताउँदै उहाँले सिपाडोलमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने भनि योजना अघि बढेको तर नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का केही नेता तथा कार्यकर्ताहरुले मन्त्री आएपनि कालो झण्डा देखाउने, मन्त्रालयमा डेलिकेशन जाने गरेका गुनासो व्यक्त गर्नुभयो ।
राम्रो कामको लागि कसैले अनसन बस्नु नपर्ने उल्लेख गर्दै उहाँले चिया पसलमा बसेर हावा गफ गर्दै जनतालाई भ्रमित पार्ने कार्य नगर्न आग्रह समेत गर्नुभयो । भक्तपुरमा जनताको ९५ प्रतिशतभन्दा बढी समस्या समाधान तथा मागलाई सम्बोधन गरेको समेत उहाँले तथ्यपरक रुपले प्रस्तुत गर्नुभयो ।
वर्तमान सरकारका कारण भ्रष्टाचारीलाई सरकारले कारवाही गरेका कारण देश छोडेर भाग्ने स्थिती बनेको उल्लेख गर्दै उहाँले बलात्कार बढेको नभई जनतामा चेतनाको विकास र सरकारप्रतिको विश्वासले जनताले पिडा वाहिर ल्याउन थालेको साथै प्रहरीमा उजुरी दिन थालेको जिकिर गर्नुभयो ।
सडकको विकास, विस्तार तथा स्तरउन्नतीले गर्दा स्थानीयवासीमा अप्रत्यासित खुसी छाएको उल्लेख गर्दै सांसद बस्नेतले आफुले निर्वाचनको समयमा जनताको माझमा गर्नुभएको प्रतिवद्धता अनुरुप पुल, सडक, खानेपानी, ढल, करिडोरलागयतका असंख्य कामहरु अगाडी बढाई प्रभावकारी ढंगले विकास भएको जनताले अनुभुति गरिरहेका छन् ।






प्रतिकृया