• २७ भदौ २०८३, शनिबार
  • ३ः५६ दिउँसो

रक्तदानका लागि बिट्स फर लाइफ

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०६:२५

काठमाडौँ, हाम्रो लाइफ बैंकको आयोजनामा यही असोज २४ गते गैरआवासीय नेपाली सङ्घ रक्त ट्रान्सफ्युजन सिस्टमले युवा वर्गलाई नियमित रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले अनलाइन कन्सर्ट बिट्स फर लाइफ गर्ने भएको छ । स्वयं रक्तदातासमेत रहनुभएका गायिका इन्दिरा जोशीको ब्याण्डले जनचेतना जगाउन सो कन्सर्ट आयोजना गर्न लागेको हो ।

National Life

एनआरएनए बिटिएस र नेपाल रेडक्रस सोसाइटीको रक्तदान जनचेतना दूत जोशीले कन्सर्टका माध्यमबाट साङ्गीतिक र सामाजिक उद्देश्यका लागि आफ्नो जोश, समर्थन र जागरुकता सबैमाझ व्यक्त गरिने बताउनुभयो । कार्यक्रममा प्लाज्मा थेरापीबारे ग्रान्डी इन्टरनेशनल अस्पताल, ट्रान्सफ्युजन मेडिसिनका प्रमुख डा विपीन नेपालले आफ्ना तर्क राख्नुहुनेछ ।

सो कार्यक्रम रेडक्रस, इन्दिरा जोशी, द हिमालयन भाइबस्, हाम्रो लाइफ बैंक र एनआरएनएको सामाजिक सञ्जालमार्फत साँझ ६ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया