• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

काँग्रेसको प्रदेशसभा बैठकमा नाराबाजी, बैठक अवरुद्ध

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०२:३३

बुटवल, प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो । कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेसले प्रदेशसभा बैठकमा नाराबाजी गर्दै अवरुद्ध पारेको हो।

National Life

संसदमा नेपाली काग्रेससँगै फोरम सासदहरुले पनि नाराबाजी गरेका छन् । नेपाली काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले ताहाशाही जस्तो शैलीमा ल्याइएको प्रस्ताव अमान्य भएको बताए । प्रदेश राजधानी जहाँ भएपनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनले संसदमा बताए । उनले सर्वसमतिबाट जारी गर्न सक्ने अवस्था रहँदारहँदै दुई तिहाईको देखाउने काम भएको आरोप लगाए । नेपाली काग्रेस र फोरमको विरोधपछि २ बजे सम्म लागि बैठक स्थगित गरिएको छ । सरकारले दाङलाई प्रदेश राजधानी बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवल पक्षधरहरु आक्रोशित बनेका छन् ।

प्रतिकृया