• ९ असोज २०८३, शुक्रबार
  • ७ः३२ बेलुका

प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी दिन अध्यक्ष राणाको माग

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार ०२:५५

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य स्थितिबारे औपचारिक जानकारी दिइनुपर्ने बताएका छन्। प्रम आइसोलनमा बस्नु पर्ने–नपर्नेबारे सरकारले औपचारिक जानकारी सार्वजनिक गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

National Life

‘प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय हो,’ राणाले सोमबार ट्वीट गर्दै भने । प्रधानमन्त्रीका निकट सहयोगी र सल्लाहकारहरू कोरोना संक्रमित प्रमाणित भएपछिको अवस्थामा अध्यक्ष राणाले यस्तो धारणा व्यक्त गरेका हुन् । सरकार प्रमुखको स्वास्थ्य अवस्थालाई लिएर जनतालाई सुुसूचित गर्ने विश्वव्यापी प्रचलन कायम रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयमको स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो । विश्वव्यापी प्रचलन यस्तै छ,’ उनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया