• ९ असोज २०८३, शुक्रबार
  • ७ः०९ बेलुका

पछिल्लो समय कोरोना संक्रमणबाट दैनिक ८ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ०४:४१

काठमाडौं, नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

National Life

भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कडा रोग लागेर र कोरोना संक्रममितहरुको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रतिकृया