• ९ असोज २०८३, शुक्रबार
  • ३ः४० राती

जुम्लाको सदरमुकाम खलङ्गा सिल

प्रकाशित मिति

२०७७ आश्विन १६ गते, शुक्रबार १२:००

जुम्ला, लजुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।

National Life

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।” कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।”
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया