• ८ असोज २०८३, बिहीबार
  • ७ः०० बेलुका

कामदार चर्को भाडा तिर्न सक्दैनन्, चर्को भाडा असुल्नेलाई कारवाही गर

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार ०४:३०

काठमाडौं नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काेराेना भाईरस (काेभिड-१९)का कारणले राेजगारी गुमाई स्वदेश फर्किनु पर्ने वाध्यतामा रहेका नेपाली कामदारसंग अनावश्यक रूपमा जहाज भाडा असुल्नेलाई कारवाहीकाे माग गर्दै समस्यामा रहेका कामदारलाई स्वदेश फर्काउने व्यवस्था गर्न माग गरेकाे छ । संघका महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार बिज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

National Life

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को कारणले समस्त मानब जाति, अर्थतन्त्र र हरेक क्षेत्रमा पारेको नकारात्मक प्रभाबबाट बैदेशिक रोजगार व्यवसाय अत्यन्त नराम्ररी प्रभाबित भएको भन्दै महासचिव श्रेष्ठले विदेशस्थित कुटनैतिक नियोगसंग कामदारको विवरण लिई हवाई उडान थप गरिे कामदार फर्काउनका लागि तय गरेको भाडाको अध्ययन गरि अहिलेकोभन्दा सस्तो भाडा कायम गर्न र बढि भाडा लिने ट्राभल एजेन्सी तथा एयरलाइन्स कम्पनीहरुलाई कारवाहि गर्न माग गरेका छन् ।

कोभिड १९ को कारणले रोजगारी गुमाई नेपाल फर्कन चाहेका साथै भिषा अवधि समाप्त भै स्वदेश फिर्ता हुन चहाने नेपाली श्रमिकहरुलाई नेपाल फिर्ता ल्याउन तथा उद्धारा गर्ने, नेपाली श्रमिकमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न, श्रमिकहरुको हितको रक्षा गर्न उनीहरुलाई आवश्यक पर्ने उपचार र अन्य सहयोग गर्ने कार्यलाई अभिभावकको रुपमा भुमिका निर्वाह गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीबाट गरिएका प्रयास प्रति संघले आभर व्यक्त गरेकाे उल्लेख गर्दै महासचिव श्रेष्ठले कोभिड १९ को कारणले कामदारहरु करार अवधि समाप्त भई नेपाल फर्कन रोजगारदाता कम्पनीले र स्वयम कामदारले हवाई टिकट सहजरुपले नपाउदा ओभर स्टेमा परेको अवस्थाले उत्पन्न समस्याको तत्कालै समाधानको माग गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

समस्यामा रहेका कामदारलाई वर्गिकरण गरी नेपाल फिर्ताको व्यवस्था हुनु पर्ने साथै कतिपय कामदारहरु हातमा टिकट लिई ओभरस्टेको रकम तिर्न नसकी बिमानस्थलबाटै फर्किएको अवस्था रहेकाे भन्दै महासचिव श्रेष्ठले बिज्ञप्तिमा भने- ‘ त्यस्तो अवस्थमा नेपाली कामदारलाई अझ मानसिक पीडा समेत भएकोले उल्लेखित विषयमा मन्त्रीज्यूबाट चाडोभन्दा चाडो समस्याको समाधान गरि स्वदेश फर्कन चाहने कामदाररुलाई फिर्ता ल्याउने कार्य गर्न र नियमिति हवाई उडान संचालन गरी सहज तबरले हवाई टिकट उपलब्ध गराउने बाताबरण बनाउनको लागी संघ यसै हार्दिक अनुरोध गर्दछ ।’

 

प्रतिकृया