• ८ असोज २०८३, बिहीबार
  • ७ः५३ बेलुका

ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनाएर बिक्री, चार जना पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार ०१:५७

काठमाडौं, ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।

National Life

कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको छ । प्रहरीलाई प्राप्त सूचनाको आधारमा गएर छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको उनले बताए । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको उनले बताए ।

उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचना प्रहरीले पाएको थियो ।पक्राउ परेका चार जनालाई कुन मुद्दा चलाउने भन्ने टुंगो लागि नसकेको बोहोराले अनलाइनखबरलाई बताए । थप अनुसन्धान जारी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

प्रतिकृया